Monday, July 10, 2017

असन्तुष्ट दललाई निर्वाचनमा सहभागी गराइन्छ : उपप्रम महरा

चितवन, २६ असार । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन गरेर असन्तुष्ट दललाई निर्वाचनमा सहभागी गराइने बताउनुभएको छ ।

उहाँले संशोधनको तयारी भइरहेको समेत जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहनुभएका मन्त्री महराले यहाँ आज पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै सङ्गठन कमजोर भएकाले पार्टीले स्थानीय निर्वाचनमा सोचे जस्तो परिणाम ल्याउन नसकेको बताउनुभयो ।

उहाँले आफ्नो पार्टी बलियो रहेको जिकिर गर्दै जनताको हितमा काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । आगामी कात्तिक÷मंसिरमा अर्काे तहको निर्वाचन हुने भएकाले तयारीमा रहन र संगठनलाई थप मजबुत बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

मन्त्री महरा आज चितवनका विभिन्न चारवटा कार्यक्रममा सहभागी हुनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts