Wednesday, July 12, 2017

पैँतीस टन तारजाली वितरण

काठमाडौँ, २८ असार । भू–तथा जलाधार संरक्षण विभागले बाढीपहिरोले क्षति पु¥याएको पाँच जिल्लामा तारजाली वितरण गरेको छ ।

विभागले दार्चुला, गोरखा, लमजुङ, मकवानपुर र काभ्रेपलाञ्चोकमा तारजाली वितरण गरेको हो । दार्चुला र गोरखामा १०÷१० टन, लमजुङमा तीन, मकवानपुरमा सात र काभ्रेपलाञ्चोकमा पाँच टन तारजाली वितरण गरेको विभागका महानिर्देशक विजयराज पौडेलले जानकारी दिनुभयो ।

“वर्षा लागेसँगै धेरै जिल्ला र व्यक्तिबाट तारजाली माग भएको थियो हामीले तारजाली वितरण निर्देशिकालाई आधार मानेर आकस्मिक रुपमा चाहिने जिल्लालाई मात्र वितरण गरेका हौँ,” उहाँले भन्नुभयो ।

यस्तै जलुकेनी भू– संरक्षण समूह रसुवा, बुन्कल नगरपालिका बझाङ, तारकेश्वर नगरपालिका काठमाडौँ, मध्यविन्दु नगरपालिका नवलपरासी, सांसद रामअयोध्या यादव, सांसद गोकुलप्रसाद घर्ती, पूर्व सांसद पुष्पा भुसाललगायतले माग गरे पनि विभागले जिल्ला कार्यालयलाई प्राथमिकता दिएर उक्त तारजाली वितरण गरेको हो ।

“विभागससँग रकम नभएकाले बाढीपहिरो नियन्त्रणमा समस्या भएको छ,” पौडेलले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts