Saturday, July 1, 2017

नेचा सल्यान गाउँपालिकामा एमाले विजयी

सल्लेरी (सोलुखुम्बु), १८ असार । शनिबार राति अबेर गरी सम्पन्न नेचा सल्यान गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका डुफकुमार बास्तोला विजय हुनु भएको छ । बास्तोलाले एक हजार ६९८ मतसहित जित हासिल गर्नुभयो भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनजन राईले एक हजार ६५६ मत प्राप्त गर्नुभयो । नेचा सल्यानको उपप्रमुखमा काँगेसका कुमारी घिमिरे दुई हजार दुई मतसहित विजयी हुनुभयो ।

योसँगै नेकपा एमालेले सोलुखुम्बु जिल्लाको चार स्थानीय तह खुम्बुपासाङ्ग ल्हामु, सोताङ्ग, दूधकोसी तथा नेचा सल्यान गाउँपालिकामा जित दर्ता गराएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले लिखुपिके तथा महाकुलुङ्ग र काँग्रेसले सोलुदूधकुण्ड नगरपालिका जितेको छ । अब दूधकौशिका गाउँपालिकाको मात्र नतिजा आउन बाँकी रहेको छ । दूधकौशिका गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रको अग्रता कायम रहेको छ । उपप्रमुखमा नेकपा एमाले अग्रस्थानमा देखिएको छ ।

शनिबार आएको मतपरिणामअनुसार दूधकौशिका गाउँपालिका–३ मा नेकाका भूपाल राई, वडा नं ४ मा नेकाकै नातिकाजी गुरुङ अध्यक्ष सहितको प्यानल विजयी भएको छ । वडा नं ५ मा नेकपा माओवादी केन्द्रका प्रेमकुमार राई अध्यक्ष सहितको पूरै प्यानल विजयी भएको छ । अहिले बिहान ७ बजेबाट २, ६ र ७ वडाको मतगणना सुरु भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts