Thursday, July 27, 2017

घुस लिएको आरोपमा कार्यालय प्रमुख पक्राउ

काठमाडौँ, १२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ हजार घुस लिएको आरोपमा डिभिजन सहकारी कार्यालय सिरहाका प्रमुख रामप्रसाद सुवेदी र कार्यालय सहयोगी अवतार बस्नेतलाई आज पक्राउ गरेको छ ।

योग्य महिला कृषि सहकारी संस्था दर्ता गर्न पुगेका सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले तिनलाई पक्राउ गरेको हो । कार्यालय प्रमुख सुवेदीको निवासबाट घुस रकमसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts