Saturday, July 1, 2017

डान्सबारबाट १९८ जना युवायुवती पक्राउ

काठमाडौँ, १७ असार । प्रहरीले बालाजुमा रहेको हिमालय डान्सबारबाट १९८ जना युवायुवतीलाई आज पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले पक्राउ पर्नेमा कक्षा ८ देखि १० जोड दुई पढ्ने विद्यार्थी रहेको जानकारी दिनुभयो । पक्राउ पर्ने १५८ युवा र ४० युवती रहेका छन् ।

पक्राउ परेका अधिकांशले मादक पदार्थ र धूमपान गरेको भेटिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साङ्गीतिक कार्यक्रममा सहभागी हुन त पाइन्छ तर विकृत रुपमा यसलाई प्रयोग गरेको पाइयो ।”

मादक पदार्थ खाएर होहल्ला गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुले सो डान्सबार भाडामा लिएर ‘डान्स पार्टी’को आयोजना गरेको भेटिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts