Wednesday, July 12, 2017

घुस लिएको अभियोगमा वडा सचिव पक्राउ

पर्सा, २८ असार । सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरामाइ गाउँपालिका वडा नं ६ का वडा सचिव दीपक खनाललाई आज पक्राउ गरेको छ ।

आयोग क्षेत्रीय कार्यालय मकवानपुरबाट खटिएको टोलीले सेवाग्राहीलाई आप्mनो डेरामा बोलाएर खनालले रु ३० हजार घुस लिँदै गरेको अभियोगमा पक्राउ गरिएको आयोगका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । बाल विकास कोषको रु ९२ हजार निकासा गर्न सामाजिक परिचालक सतार मियाँसँग खनालले घुस मागेको आरोप लगाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts