Thursday, July 6, 2017

एक पुरुष मृतावस्थामा फेला

पोखरा, २३ असार । पोखरा–लेखनाथ महानगरपालिका–८ नागढुङ्गामा बिहीबार एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

सो ठाउँमा निर्माणाधीन चरक मेमोरियल अस्पतालमा तीन÷चार महिनादेखि ज्यामी काम गर्ने रौतहट घर भएका ४० वर्षीय मोहन मैनाली आपूm सुत्ने कोठा अगाडि मृतावस्थामा भेटिएकोे वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।

उनको शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको वताइएको छ । रासस
––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts