Saturday, July 8, 2017

बसको ठक्करबाट दुईको मृत्यु

चितवन २४ असार । पूर्वी चितवनको भण्डारामा बसको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयल चितवनका अनुसार काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ९०११ नंको बसले आज बिहान ३ः४० बजे राप्ती नगरपालिका–५ भण्डारा चोकमा बाटो काट्दै गरेका राप्ती–५ बस्ने ४५ वर्षीय लाटो भनिने माहिला तामाङ र ४० वर्षीया ठूलीमाया भनिने फूलमाया लोक्चनलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते भएका उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा आज बिहान ४ः४० बजे मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts