काठमाडौँ, २५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रका सुपरभाइजर भगवान् सागर भैलविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार एकजना सेवाग्राहीसँग रु ११ हजार घुस माग्ने क्रममा केही दिन पहिले भैल पक्राउ परेका थिए ।
आयोगले भैलबाट बिगो असुल गरी उनलाई हदैसम्मको कारबाहीको माग गरेको छ । रासस
No related posts.
No comments:
Post a Comment