दोलखा, २५ असार । दोलखाको भीमेश्वर नगरपालिकाले प्रथम नगरसभा सम्पन्न गरेको छ ।
सभाले नीति तथा कार्यक्रम, बजेट तर्जुमा र करको दरसमेत निर्धारण गरेको भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय तहमा असार र मंसिरमा गरी दुईपटक सभा हुनेछ ।” असारमा ‘बजेट सेसन’ का रुपमा र मंसिरमा ‘विधेयक सेसन’ का रुपमा सभा हुनेछ । विधेयक सभामा स्थानीय तहले विधेयक ल्याएर स्थानीय कानुन बनाउन पाउने प्रावधान रहेको उपप्रमुख बस्नेतले बताउनुभयो ।
सो सभाको यहाँ आज उद्घाटन गर्दै नेकपा (एमाले)का केन्द्रीय अनुशासन विभाग प्रमुख अमृत बोहोराले समृद्ध नेपाल निर्माणका लागि जनप्रतिनिधिले जनमैत्री कार्यक्रम अगाडी ल्याउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले भन्नुभयो, “पाँच वर्षमा देशले नयाँ आयाम पाउनेछ ।”
एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागार्इंले सामाजिक प्रतिष्ठा उच्च राख्ने गरी आप्mना गतिविधि अगाडि बढाउन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
भीमेश्वर नगरपालिकाका नव निर्वाचित प्रमुख भरत केसीले पर्यटकीय नगरी भीमेश्वरको विकासका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । रासस
No related posts.
No comments:
Post a Comment