Tuesday, July 18, 2017

एक लाख ८० हजार बिरुवा वितरण

कपिलवस्तु, ३ साउन । जिल्लाको विभिन्न ठाउँमा रहेका नर्सरीबाट एक लाख ८० हजार बिरुवा वितरण गरिएको छ ।

जिल्लामा मसला, सिमल, खयर, शाहगवान, सिसौ प्रजातिका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको छ । भू–क्षय नियन्त्रण र आयआर्जका लागि विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको सहायक वन अधिकृत रामचन्द्र साहले जानकारी दिनुभयो ।

सेक्टर वन कार्यालय चन्द्रौटाले मसलाका ५५ हजार नौ सय बिरुवा, सिमल १० हजार पाँच सय, सिसौ १० हजार १५०, अमला चार हजार, खयर चार हजार, कल्पफूल एक हजार ८५०, सागवान एक हजार, अर्जुन एक हजार, जामुन ८७५, सिरिस ५०० र वेल ३५० बिरुवा वितरण गरेको कार्यालय प्रमुख रामहरि सेढार्इंले बताउनुभयो ।

“निजी क्षेत्रमा वृक्षरोपण गरी वनको क्षेत्रफल बढाउन बिरुवा निःशुल्क विरतरण गरिएको हो,” उहाँले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts