Saturday, July 8, 2017

फरार अभियुक्त पक्राउ

बनेपा, २४ असार । सिन्धुपाल्चोकमा भूकम्पका कारण कारागार भत्केपछि फरार भएका मानव बेचबिखन तथा ओसारपासरका अभियुक्त बनेपाबाट पुनः पक्राउ परेका छन् ।

जिल्लाको साँगाचोकगढी नगरपालिका–९ बस्ने २६ वर्षीय सन्तोष कार्कीलाई जिल्ला अदालत सिन्धुपाल्चोकले मानव बेचबिखन तथा ओसारपार मुद्दामा १० वर्ष कैद र रु ५० हजार जरिवाना तोकेको थियो ।

फैसला कार्यान्यवनका क्रममा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहदेव थापाले जानकारी दिनुभयो । उनले कारागार जीवन चार वर्ष बिताइसकेका छन् । कार्कीलाई शुक्रबार नै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts