Monday, July 17, 2017

रु एक लाख लुट

नुवाकोट, २ साउन । किस्पाङ गाउँपालिका–५ मनकामनामा सदस्यसँग पैसा उठाएर फर्कँदै गरेका एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लि वेत्रावती रसुवाका कर्मचारी आज लुटिएका छन् ।

मानेगाँउमा आज अपराह्न सदस्यसँग ऋण उठाएर फर्कँदै गरेका संस्थाका कर्मचारी विदुर नगरपालिका–५ देवीघाटकी संगीता नेपाल र पनौती नगरपालिका–१२ काभ्रेपलाञ्चोकका प्रदीप केसीसँग भएको रु एक लाख लुटिएको नुवाकोट प्रहरीले जनाएको छ ।

सदस्यबाट रकम उठाएर संस्थाको कार्यालय वेत्रावतीतर्फ पैदल फर्कँदै गरेका बेला तीन जनाको समूहमा आएका व्यक्तिले आक्रमण गरी रकम लुटेर फरार भएको पीडितले प्रहरीसमक्ष बताएका छन् ।
लुटेराले केसीलाई काठको लौराले टाउकामा हानी लडाएको र नेपाल आत्तिएर भाग्न थालेपछि रकम लुटेर फरार भएको पाइएकाले संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । लुटेराको अक्रमणबाट केसीको टाउकामो चोट लागेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts