Sunday, July 9, 2017

चट्याङ लागेर एक महिलाको मृत्यु

राजविराज, २५ असार । सप्तरीको विष्णुपुर गाउँपालिका– २ मा आज चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय राजेन्द्र यादवकी २३ वर्षीया श्रीमती पुनतीदेवी रहेको प्रहरी नायव उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो । उनको घटनास्थलमै मृत्यु भएको थियो । चट्याङ लागेर राजेन्द्र र उनकी ६२ वर्षीया आमा गुलियादेवी घाइते भएका छन् ।

घाइते दुवैजनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । खेतमा धानको बीउ उखल्ने क्रममा तीनैजनालाई चट्याङ लागेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts