Thursday, July 6, 2017

रूखको हाँगाले च्यापिएर महिलाको मृत्यु

दमौली, २३ असार । तनहुँको म्याग्दे गाउँपालिका–२ की एक महिलाको बिहीबार रूखको हाँगाले च्यापिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३४ वर्षीया सिरमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । धारामा पानी लिनजाने क्रममा कटुसको रूखको हाँगा भाँचिएर च्याप्दा ती महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts