Thursday, July 6, 2017

डुबान र बाढीबाट पीडितको उद्धार गर्न आग्रह

काठमाडौँ, २२ असार । राष्ट्रिय मानवअधिकार आयोगले हालैको अविरल वर्षाले मुलुकका विभिन्न भागमा भएको डुबान र बाढीबाट पीडित नागरिकको अविलम्ब उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति जारी गर्दै बाढीबाट विस्थापितको तत्काल गाँस, बास र स्वास्थ्यको उचित व्यवस्था गर्न पनि आग्रह गरेको छ । आयोगले सरकारलाई डुबान एवम् बाढीपछि देखा पर्न सक्ने सरुवा रोगको प्रकोप तथा महामारी आउन नदिन सबै सचेत हुनुपर्ने औँल्याउँदै दक्षिणी सीमामा निर्माण गरिएको तटबन्ध तथा सडकबाट नेपाली भूभागमा पर्न गएको प्रभाव, तटबन्धको अन्तर्राष्ट्रिय सीमा मापदण्ड तथा प्राविधिक पक्षका सम्बन्धमा समेत विस्तृत अध्ययन गरी उत्पन्न हुने जलप्रकोप र मानवीय सङ्कटको सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सप्तरी, कैलाली, जुम्ला, कालिकोटलगायत जिल्लामा बाढीका कारण स्थानीय बासिन्दाको घरमा खोला पसी क्षति पु¥याएको छ, ती ठाउँको धान बालीको क्षति हुन पुगेको, बाँध लगायत संरचना भत्किएका कारणबाट थप मानवीय सङ्कट आउने देखिएको छ ।” नेपालको संविधाननुसार महामारी र प्रकोप नियन्त्रण गरी नागरिकको स्वास्थ्यको अधिकार तथा सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गर्नसमेत आयोगले आग्रह गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts