Wednesday, July 12, 2017

एकाउन्न बिगाहामा माछा पोखरी

सप्तरी, २८ असार । जिल्लामा यस वर्ष माछापालनको लागि ५१ बिगाहा जमिनमा पोखरी खनिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका कार्यालयका प्रमुख भगिरथ यादवका अनुसार प्रति कठ्ठा रु दश हजारका दरले अनुदान उपलब्ध गराएपछि किसानले पोखरी खनेका हुन् । माछापालन पोखरीका लागि दुईसयभन्दा बढी किसानले आवेदन दिएका थिए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत सप्तकोसी नगरपालिका– ६ बोचरीमा कार्यालयले खाद्यानबाली ब्लक कार्यक्रम सुरु गरेको छ । एक सय ५० बिगाहा जमिन छनोट गरी सामूहिक तथा संस्थागत रुपमा धानखेती सुरु गरिएको छ । सो कार्यक्रका लागि रु ८३ लाख बजेट विनियोजन गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts