Saturday, July 22, 2017

बौद्धिक सम्पत्तिको चोरी नियन्त्रण गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री

काठमाडौँ, ७ साउन । गृहमन्त्री जनार्दन शर्माले बौद्धिक सम्पत्तिको चोरीलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले आज आयोजना गरेको ‘पृथ्वी पाँचौँ राष्ट्रिय लोकदोहोरी अवार्ड’ को शुभारम्भ गर्दै मन्त्री शर्माले कला, गीत तथा लोकदोहोरीलगायत बौद्धिक सिर्जनामा भ्रष्टाचार गर्ने तथा त्यसको विकासमा अवरोध पु¥याउने व्यक्ति वा संस्थालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लोकदोहोरी देशको मौलिक संस्कृति भएको बताउँदै उहाँले मुलुकमा आफ्नो भाषा, कला, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता अभिवृद्धि हुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मौलिक संस्कृतिको संरक्षणमा राज्यको ध्यान पुगेको छैन, कला तथा संस्कृतिको विशेषताका आधारमा क्षेत्र निर्धारण गरी तीनको समुचित विकास गर्नुपर्छ ।”

संस्कृतिले जनतालाई समाजको सेवामा लाग्न अभिप्रेरित गरी कर्तव्यनिष्ठ बनाउने बताउँदै उहाँले सांस्कृतिक एकताले नागरिकलाई सचेत बनाउने र जनताका अधिकार स्थापित गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन’ भन्ने मूल नारासहित सुरु भएको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, पूर्वअध्यक्ष तथा गायक प्रजापति पराजुली, प्राज्ञ दुर्गा रायमाझी, गायिका गीता दाहाललगायतले गीत संगीतका क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई निराकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)ले उक्त कार्यक्रमको सफलताको कामना गर्दै मुलुकमा भएका विभिन्न विकृतिमा व्यङ्ग्य गर्नुभएको थियो ।

उक्त कार्यक्रममा लोकदोहोरीको विकासमा योगदान गरेका विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गरिनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts