काठमाडौँ, २४ असार । सङ्घीय समाजवादी फोरम नेपालले यही असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी नीतिविपरीत अन्तर्घात गर्ने चारजनालाई कारबाही गरेको छ ।
सो पार्टीका महासचिव रामसहायप्रसाद यादबले आज प्रेस विज्ञप्ति जारी गरी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा बाँके जिल्लामा पार्टीको निर्णयविपरीत उम्मेदवारी दिने जगदीशबहादुर सिंह, कामताप्रसाद खटिक, कौशलकुमार मिश्र, राजेन्द्र विश्वकर्मा र ममता बानियाँलाई पार्टीको विधानको धारा ९ (४), र ४९ (१) अनुसार आजैको मितिदेखि लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको जनाइएको छ । रासस
No related posts.
No comments:
Post a Comment