Tuesday, July 11, 2017

मोबाइल तालीम

बनेपा, २७ असार । काभ्रेपलाञ्चोकमा कृषक, पत्रकार र कर्मचारीका लागि सञ्चालन गरिएको मोबाइल एप्लिकेसन डाउनलोड तालीम आज धुलिखेलमा सपन्न भएको छ ।

कृषि सूचना तथा सञ्चार केन्द्रले आयोजना गरेको उक्त तालीममा बालीमा लाग्ने किराको प्रकोप, जलवायु परिवर्तनले बालीमा परेको प्रभाव, कृषि उपकरण सम्बन्धी जानकारी, कृषक वा पत्रकारले एप्स हेरेर जानकारी पाउने कृषि सूचना तथा सञ्चार केन्द्रका अधिकृत नारायण न्यौपानेले बताउनुभयो ।

उहाँले मोबाइल चलाउन नजान्ने कृषकका लागि उनीहरुका साक्षर छोराछोरीमार्फत पनि एप्स हेरेर कृषि सम्बन्धी जानकारी पाउनसक्ने उल्लेख गर्दै कृषि सूचना तथा सञ्चार केन्द्रले चारवटा एप्स सञ्चालनमा ल्याएको बताउनुभयो ।

यसअघि यस किसिमको तालीम जनकपुर, नेपागञ्ज, हेटाँैडा, विराटनगर, पोखरा, दिपायल, सुर्खेत, धनगढीलगायत ठाउँमा सञ्चालन गरिएको थियो । यस एप्सले दक्ष जनशक्ति आपूर्ति गर्न समेत सहयोग गर्नेछ । सामान्य कुराका लागि कर्मचारी नै भेटने अवस्थाको अन्त्य हुने न्यौपानेको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts