हेटौँडा २६ असार । त्रिभुवन राजपथको सिमभञ्याङ नजिक अघोरमा गएराति पहिरोसँगेै रुख ढल्नाले बन्द रहेको हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चानमा ल्याइएको छ ।
मकवानपुर काठमाडौँबाट पूर्व–पश्चिमतर्फ जाने यायायातका साधन गएराति अघोरमै करिब पाँचघन्टा जाममा परेपछि आज बिहानैदेखि डोजर प्रयोग गरी बाटो खुल्ला गरिएको थियो ।
बाटो खुल्ला गरिएपछि सबै सवारी साधन हेटौँडा बसपार्कबाट आ–आफ्नो गन्तव्यतर्फ गइरहेको र जिल्ला प्रंहरी कार्यालयका प्रहरी उपरीक्षक बसन्त लामाले जनाउनुभयो । रासस
No comments:
Post a Comment