पोखरा, ३२ साउन । लायन्स क्लब अफ बेगनासताल नगरीले देशका विभिन्न स्थानमा बाढीका कारण पीडित बनेकाका लागि मंगलबार बेगनासताल बसपार्कका स्थानीय बासिन्दासँग र क्लबका सदस्यबाट रु ३३ हजार ५१५ राहत संकलन गरेको छ ।
केही दिनयता परेको अविरल वर्षाले नेपालको झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, चितवन, पर्सा, नवलपरासी, कञ्चनपुरलगायत जिल्लामा बाढी र डुबानमा परी ठूलो संख्यामा मानिसको मृत्यु, दर्जनौँ बेपत्ता भएको भन्दै पीडितका लागि राहत संकलन गरिएको हो ।
बाढीपीडितलाई केही मात्रामा भए पनि राहत पुगोस् भन्ने उद्देश्यले राहत संकलन गरिएको लायन्स क्लब अफ बेगनासताल नगरीका अध्यक्ष लायन रामचन्द्र रानाभाटले बताउनुभयो । रासस
No comments:
Post a Comment