Wednesday, August 9, 2017

पाथीभरा गोल्डकप :शसस्त्र प्रहरी सेमिफाइनल पुगे

ताप्लेजुङ, २५ साउन । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलअन्तर्गत बुधबारको खेलमा साविक विजेता गोर्खा स्पोर्टिङ क्लबलाई पराजित गर्दै शसस्त्र प्रहरी फुटबल टिम दमक सेमिफाइनलमा प्रवेश गरेको छ ।

शसस्त्रले टाइ बे्रकरमा ४–३ गोलको अन्तरले गोर्खा स्पोर्टिङ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयसम्म दुवै टिम एक–एकको बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा समेत गोल नभएपछि खेलको निर्णय टाई ब्रेकरमार्फत लिइएको हो ।

निर्धारित समयको खेलमा गोर्खा स्पोर्टिङ क्लबलाई पहिलो हाफको २६ औँ मिनेटमा वर्तमान राईले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको २९ औँ मिनेटमा शसस्त्र प्रहरीका धनबहादुर श्रेष्ठले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।

बिहीबार चर्च ब्याइज क्लब काठमाडाँै र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुनेछ ।

प्रतियोगितामा घरेलु दुई टिमसहित विभिन्न जिल्लाका गरी १० टिमको सहभागिता रहेको छ ।

साउन ३० गते सम्पन्न हुने उक्त प्रतियोगिताका विजेताले ट्रफीसहित रु दुई लाख ११ हजार १११ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछ । लाखे जात्राका अवसर पारेर २०२९ सालदेखि हरेक वर्ष यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts