Wednesday, August 9, 2017

जन भावनाअनुसार काम गर्नुस्ः नेता खनाल

इलाम, २५ साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले जनताका भावनाअनुसार स्थानीय तहमा काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

एमाले १ नं. प्रदेश कमिटीले इलाम सदरमुकाममा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेता खनालले जनप्रतिनिधिबाट जनताले धेरै आशा गरेका छन्, सोहीबमोजिम काम गर्नुस् भन्नुभयो ।

स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न हुन गइरहेको अवस्थामा सबै प्रदेशबाट एमाले पहिलो पार्टी हुने बताउनुभयो । सरकारले प्रदेश र सङ्घको निर्वाचन मिति तोक्न ढिलाई गरेकामा आपत्ति जनाउनुभयो ।

निर्वाचनपछि मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुने बताउँदै राष्ट्रलाई सम्मुन्नत बनाउने खालका अग्रगामी योजना ल्याउन समेत जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

प्रशिक्षण कार्यक्रमलाई एमालेका महासचिव ईश्वर पोखरेल, सचिव भीम आचार्यलगायतले नेताहरूले प्रशिक्षण दिनुभएको छ । प्रशिक्षण कार्यक्रममा प्रदेश नं. १ बाट स्थानीय तहमा निर्वाचित ३०० भन्दा बढी जनप्रतिनिधिको उपस्थिति रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts