मलेखु (धादिङ), २३ साउन । जिल्ला समन्वय समितिको आज भएको निर्वाचनमा नेकपा(एमाले)का उम्मेदवारको पूरै समूह विजयी भएको छ ।
छब्बीस मतदाता रहेको जिसस प्रमुखमा एमालेका जगन्नाथ नेपाल १७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका काँग्रेसका भक्त लामाले ८ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी उपप्रमुखमा एमालेका बिन्दा बरामु नेपाली १६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस र माओवादी केन्द्र गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका माओवादी केन्द्रका ध्रुव सुवेदीले ९ मत प्राप्त गर्नुभयो । जिससका सदस्यमा एमालेकै कृष्ण अर्याल, खुनराज थापा, उर्मिला रेग्मी, कमलनारायण श्रेष्ठ, सान्नानी परियार, सावित्रा सुनार र उर्गेनवती तामाङ १६÷१६ मत प्राप्त गरी विजयी हुनुभयो ।
विजयी उम्मेदवारलाई आजै मुख्य निर्वाचन अधिकृत भरत लम्सालले शपथ गराउनुभयो । निर्वाचनपछि कार्यभार सम्हाल्दै जिससका प्रमुख जगन्नाथ नेपालले जिल्लाको विकास निर्माणलगायत कार्यमा स्थानीय सरकारलाई सहयोग पु¥याउने र विकासका निम्ति लागिपर्ने बताउनुभयो । रासस
Monday, August 7, 2017
जिससमा एमाले विजयी
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment