Monday, August 7, 2017

विद्युत् आदानप्रदान समितिको बैठक मंगलबारदेखि

काठमाडौँ, २३ साउन । नेपाल–भारत विद्युत् आदानप्रदान समितिको बैठक मंगलबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा बस्दै छ ।

बैठकमा नेपाल विद्युत् प्राधिकरणले भारतका विभिन्न स्थानबाट आयात गरिरहेको विद्युत्को मूल्य र परिणाम तोक्ने विषयमा छलफल गर्ने कार्यसूची छ । छ वर्षदेखि उक्त बैठक बोलाउन प्राधिकरणले आग्रह गर्दै आए पनि भारतीय पक्षबाट बैठकका विषयमा कुनै निर्णय हुन नसक्दा विद्युत्को मूल्यका विषयमा समेत छलफल हुन सकेको थिएन । प्राधिकरणका तर्फबाट बैठकमा सहभागी हुन लाग्नुभएका प्रवक्ता प्रबल अधिकारीले छ वर्षपछि आयोजना हुन लागेको बैठकमा केही महत्वपूर्ण विषयमा छलफल हुने जानकारी दिनुभयो ।

बैठकका लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्मा, कामु उपकार्यकारी निर्देशक लेखनाथ कोइराला, उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह, विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीलगायत टोली आज नयाँ दिल्ली प्रस्थान गरेको हो । बैठकमा नेपालका तर्फबाट कार्यकारी निर्देशक घिसिङ र भारतका तर्फबाट केन्द्रीय विद्युत् प्राधिकरणका प्रतिनिधिले नेतृत्व गर्नेछन् ।

सन् २०११ मा आयोजना भएको बैठक नियमित कार्यसूचीअनुसार सन् २०१३ मा बस्नुपथ्र्याे । बैठक आयोजना नहुँदा नेपालले भारतबाट आयात गर्ने बिजुलीको बढी मूल्य तिर्नु परिरहेको छ । दुई मुलुकबीच भएको सम्झौतानुसार बिहार, उत्तर प्रदेश र उत्तराखण्डका विभिन्न स्थानबाट विद्युत् आयात भइरहेको छ । ती विन्दुबाट आयात भएको विद्युत् प्रतियुनिट रु ८.९९ मा प्राधिकरणले खरिद गरिरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts