Monday, August 7, 2017

सुनवोरा नदीमा झोलुंगे पुल निर्माण

कञ्चनपुर, २४ साउन । कञ्चनपुरको मध्य भाग भएर बग्ने सुनवोरा नदीको जोनापुर–रानीपुर जोड्ने झोलुंगे पुल निर्माणको कार्य सम्पन्न भएको छ ।

रु ६८ लाख ३२ हजारको लागतमा १०१ मिटर लामो झोलुंगे पुल निर्माणको कार्य सम्पन्न भएको हो ।

पुल निर्माणका लागि स्वापको रु ६२ लाख, जिविसको रु दुई लाख ९३ हजार, शुक्लाफाँटा नगरपालिकाको एक लाख ४६ हजार र अन्य श्रमदान र दातृ संस्थाको सहयोगमा झोलुंगे पुलको निर्माण गरिएको पुल निर्माण समितिका कोषाध्यक्ष वसन्ती चौधरीले बताउनुभयो ।

पुल निर्माण भएपछि जोखिम मोल्दै बाढी आएको नदी तर्नु पर्ने दिनको अन्त्य भएको यहाँका बासिन्दाले बताएका छन् । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts