Tuesday, August 8, 2017

एनआरएनए स्वीट्जरल्याण्डको पञ्जिकृत सदस्य बन्ने समय थप

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डले पञ्जिकृत सदस्यता दर्ताको समयावधि थप गरेको छ ।
एनआरएनए स्वीट्जरल्याण्डले आगामी ०३ सेप्टेम्बर २०१७ का दिन बेर्नमा हुने संघको राष्ट्रिय अधिवेशनका लागि १३ अगष्ट २०१७ सम्म सदस्यताको आवेदन दिन सक्ने समयावधि तोकेकोमा गत ०५ अगष्ट २०१७ का दिन बसेको संघको नियमित बैठक पश्चात् एक सूचना जारी गरी स्वीट्जरल्याण्डभरी छरिएर रहेका सम्पूर्ण नेपालीहरुलाई पञ्जिकृत सदस्य बन्न सहज होस् भन्ने हेतूले पूर्व निर्धारित समयवधिलाई परिवर्तन गरी आगामी २६ अगष्ट बेलुकी ५ बजेसम्मका लागि सदस्यता दर्ताको सयम थप गरेको हो ।
संघले सदस्यता वितरण कार्य सहज र सरलीकृत बनाउन र प्रमाणिकरण गर्ने कार्यलाई चुस्त बनाउन हिराबल गुरुंगको संयोजकत्वमा गुणराज शर्मा सदस्य सचिव र शुक्र श्रेष्ठ, सन्तोष राई र फणिन्द्र पन्त सदस्य रहेको ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts