Tuesday, August 8, 2017

जुरिखमा भलिबल प्रतियोगिता सम्पन्न, बासेल युनिक टिम विजयी

नेपाली जनसम्पर्क समिति स्वीट्जरल्याण्डको आयोजनामा आइतबार जुरिखमा सम्पन्न भलिबल प्रतियोगितामा बासेल युनिक टिम विजयी भएको छ ।
स्वीट्जरल्याण्डमा रहेका नेपालीहरुका अलग अलग समूहका बीचमा खेलाईएको उक्त प्रतियोगितामा विभिन्न क्यान्टोनबाट गरी ६ ओटा समूहको सहभागिता रहेको थियो ।


समूहगत प्रतिस्पर्धा पश्चात् बासेल युनिक टिम र जुरिख समाज टिम बीच सम्पन्न फाईनल खेल अत्यन्तै रोचक एवम प्रतिस्पर्धात्मक रहेको थियो । घरेलु मैदानमा दर्शकहरुको निकै प्रोत्साहन बटुलेको जुरिख समाज टिमले भने हार व्यहोर्दै दोश्रो स्थानमा नै चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा सहभागी आराउ टिमले भने तेश्रो स्थान हासिल गर्यो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने बासेल युनिक टिमले नगद ५००। स्वीस फ्रान्क, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने दोश्रो स्थान हासिल गर्ने जुरिख समाज टिमले ३००। स्वीस फ्रान्क, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यसैगरी तेश्रो हुने आराउ टिमले प्रमाणपत्र प्राप्त गर्यो ।
बिजयी टिमहरुलाई समितिका अध्यक्ष श्याम सापकोटा, निवर्तमान अध्यक्ष राम कुमार महतो, पूर्व अध्यक्ष गुणराज शर्मा र वर्तमान महामन्त्री एवं उक्त प्रतियोगिताका संयौजक तिलक थापा मगरले नगद पुरस्कार, मेडल, ट्रफी एवं प्रमाणपत्र प्रदान गरेका थिए ।
नेपाली जनसम्पर्क समिति स्वीट्जरल्याण्डले भलिबल प्रतियोगिताको आयोजना गरेको यो आठौं पटक हो तथापि उक्त भलिबल प्रतियोगितालाई आराउ समाजले प्रायोजन गर्न थालेपछि रनिड. शिल्डको रुपमा शुरु गरिएको प्रतियोगिताको यो छैठौं श्रृंखला हो । प्रतियोगितामा बासेल युनिटक टिम, जुरिख समाज टिम, आराउ टिम, जुरिख नेपाली स्पोर्ट क्लब, जेनेभा टिम र आयोजक टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको समापन कार्यक्रममा आफ्नो मन्तव्य दिंदै समितिका निवर्तमान अध्यक्ष राम कुमार महतोले आगामी ३ सेप्टेम्बर २०१७ दिन बेर्नमा हुने गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डको राष्ट्रिय महाधिवेशनमा आफूले स्वीट्जरल्याण्डको आइसिसी सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts