काठमाडौँ, १ भदौ । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता नियुक्तिका लागि बुधबार सिफारिस गरिनुभएका वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीको शपथ कार्यक्रम शुक्रबार तोकिएको छ ।
नेपालको संविधानअनुसार महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । विसं २००२ मा काठमाडौँको ठमेल गल्कोमा जन्मनुभएका भण्डारीले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ । उहाँले विसं २०३० देखि वकालत शुरु गर्नुभएको हो । उहाँले नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्य हुँदै अध्यक्षमा समेत प्रतिस्पर्धा गर्नुभएको थियो ।
वरिष्ठ अधिवक्ता भण्डारीले रासससँग कुरा गर्दै संविधान र कानुनअनुसार आफ्नो अनुभव र क्षमतालाई प्रयोग गरेर सकेसम्म प्रभावकारी ढंगले सरकारी मुद्दामा प्रतिरक्षा गरिने प्रतिबद्धता गर्नुभयो । रासस
Thursday, August 17, 2017
महान्यायाधिवक्ताको शपथ शुक्रबार
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
No comments:
Post a Comment