Wednesday, August 16, 2017

यातायात व्यवसायीद्वारा बाढीपीडितलाई सहयोग

दाङ, १ भदौ । यहाँको यातायात व्यवसायी समितिले बाढीपीडितका लागि रु एक लाख २२ हजार सहयोग गरेको छ ।

उनीहरुले बुधबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव सुरेश हमालको नेतृत्वमा नगरपालिकामा पुगेर संयुक्तरुपमा सो रकम बाढीपीडितको सहयोगार्थ जम्मा गरिएको हो ।

राप्ती अञ्चल सार्वजनिक यातायात समितिले रु २५ हजार, राप्ती अञ्चल साना मालबाहक समितिले रु २१ हजार, तुलसीपुर जिप तथा माइक्रोबस व्यवसायी समितिले रु २१ हजार, राप्ती अञ्चल ट्रक व्यवसायी समितिले रु २३ हजार, दाङ जिल्ला ट्र्याक्टर व्यवसायी समिति, अम्बिकेश्वरी सार्वजनिक राप्ती समितिले रु २१ हजार गरी रु एक लाख २२ हजार सहयोग गरिएको हो ।

यसअघि तुलसीपुर उपमहानगरपालिकाको सो कोषमा विभिन्न संघ संस्थाले रु २५ लाख जम्मा गरिसकेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts