Wednesday, August 2, 2017

पुसभित्र काठमाडौँमा मेलम्चीको पानी आउँछ : मन्त्री यादव

काठमाडौँ, १८ साउन । खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले काठमाडौँवासीले पुस महिनाभित्रै मेलम्चीको पानी पिउन पाउने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा आज मन्त्री यादवले असोज महिनामै पानी ल्याउने भनिए पनि प्राविधिक समस्याका कारण पुसको पहिलो सातासम्मलाई सारिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “ढुक्क हुनुहोस् पुसभित्र मेलम्चीको पानी ल्याएरै छाड्छौँ, स्व नेता कृष्णप्रसाद भट्टराईको काठमाडौँमा मेलम्चीको पानी ल्याउने सपना पूरा हुँदैछ ।” दशैँअघि ल्याउन कोशिश गरिएका तर चार ठाउँबाट टनेलको काम बाँकी रहेकाले पुससम्म सरेको मन्त्री यादवले बताउनुभयो ।

प्रधानमन्त्री देउवाको निर्देशनअनुसार काठमाडौँका सडकमा देखिएका सबै खाल्डाखुल्डी पुर्ने काम केही दिनमै सकिने उहाँको भनाइ थियो । “काठमाडौँमा देखिएको खानेपानी समस्या हल गर्न विभागलाई निर्देशन दिइएको छ, पिउने पानीमा देखिएको लेदो, फोहर हटाउने काम पनि हुन्छ”–उहाँले भन्नुभयो ।

फरक प्रसंगमा मन्त्री यादवले असोज २ गते हुने प्रदेश नं २ को निर्वाचनअघि नै संविधान संशोधन प्रस्ताव पारित गराउने भन्दै प्रस्ताव पारित नभए पनि मधेशमा हुने चुनाव कुनै पनि हालतमा नरोकिने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts