Wednesday, August 2, 2017

हिमालयन ट्राभल मार्ट उपलब्धिमूलक

पर्यटनलाई प्रवद्र्धन गर्न ठूलो सघाउ पुगेको आयोजक संस्था प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले बताएको छ ।

सो सम्मेलनको उपलब्धि र आयव्ययका बारेमा जानकारी गराउने उद्देश्यले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको पर्यटकीय उत्पादनबारेमा जानकारी गराउन सम्मेलन कोशेढुङ्गा सावित भएको पाटाका अध्यक्ष सुमन पाण्डेले बताउनुभयो ।

‘नेपाल हिमालय प्रवेशद्वार’ भन्ने मूल नाराका साथ नेपालका सम्पूर्ण हिमालय क्षेत्रका पर्यटकीय सामग्री पहिचान गराउन गत जुन १ देखि ४ तारिखसम्म राजधानीमा गरिएको सो मार्टमा ५३ वटा मुलुकका २२५ जना पर्यटन व्यवसायी, ब्लर्गस, ट्राभल क्रेता र विक्रेता, पर्यटनविज्ञ र पत्रकारको सहभागिता रहेको थियो ।

सो कार्यक्रमबाट कम खर्चमा निजी क्षेत्रको सहयोग र सहभागितामा उपलब्धिमूलक कार्यक्रम सम्पन्न भएको अध्यक्ष पाण्डेले दाबी गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ट्राभल मार्टले नेपाली पर्यटन व्यवसायीलाई हौसला प्रदान गरेको र पर्यटन उद्योगमा सकारात्मक परिणाम देखापरेकाले आगामी वर्ष पनि यस्ता कार्यक्रम आयोजना गरिने बताउनुभयो ।

सो कार्यक्रममा रु सात करोड ३८ लाख खर्च भएको र त्यसमा रु एक करोड ९४ लाख पर्यटन बोर्डबाट खर्च व्यहोरिएको बाँकी रकम निजी क्षेत्रका होटल, एयरलाइन्स, बीमा, बैंकबाट सहयोग प्राप्त भएको जानकारी दिइयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts