काठमाडौँ, ३ भदौ ।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबारदेखि राजधानीमा शुरु हुँदैछ ।
‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त २५ औं महाधिवेशनको उद्घाटन आइतबार बिहान १० बजे प्रधानमन्त्री शेरवहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।
राजधानी काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने उक्त महाधिवेशनको सबै तयारी पूरा भइसकेको महासंघले जनाएको छ । आइतबारदेखि दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनका लागि देशभरबाट महाधिवेशन प्रतिनिधिहरु राजधानीमा आईसकेका छन् भने महाधिवेशन प्रतिनिधिहरुलाई राजधानीका बागबजार, सुन्धारा लगायतका स्थानहरुमा बस्ने व्यवस्था मिलाईएको छ ।
हरेक तीन तीन वर्षमा हुने महाधिवेशनले आगामी कार्यकालका लागि ४५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको कार्यसमितिको संरचना अनुसार १ अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, ६ सचिव र १ कोषाध्यक्ष सहित ४५ सदस्यीय कार्य समिति चयन हुनेछ जसमा यसपटकदेखि दलित र मधेशी सचिव समेत थपिने महासंघले जनाएको छ । साथै यसै महाधिवेशनदेखि महासंघ संघीय संरचनामा समेत प्रवेश गर्नेछ ।
संघीय संरचना अन्तर्गत सातवटा प्रदेश सहित उपत्यका, एशोसिएट र प्रतिष्ठान गरी कूल १० प्रदेशमा समेत नयाँ नेतृत्व चयन हुने महासंघले जनाएको छ । जसअनुसार प्रत्येक प्रदेशबाट दुई जना केन्द्रीय सदस्य रहने छन् ।
१० हजार भन्दा बढी सदस्य रहेको पत्रकार महासंघको उक्त महाधिवेशनमा १५१५ जना प्रतिनिधिले सहभागिता जनाउने महासंघले जनाएको छ ।
आसन्न महाधिवेशनमा हालसम्म अध्यक्ष पदमा गोबिन्द आचार्य, तीर्थ कोइराला र उजीर मगर समेत तीन जनाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
Saturday, August 19, 2017
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबारबाट शुरु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment