Wednesday, August 23, 2017

पहिराले हेलम्बु राजमार्ग अवरुद्ध

मेलम्ची, ७ भदौ । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा आज बिहान पहिरो जाँदा दुई घरसहित एउटा गाडी पुरिएको छ ।

पहिराका कारण हेलम्बु राजमार्गसमेत अवरुद्ध भएको छ ।

मेलम्ची बजारमाथिबाट पहिरो खस्दा स्थानीय टेकलाल श्रेष्ठ र महेश श्रेष्ठको घरमा क्षति पुगेको छ भने बा १३ प ८७३१ नम्रबको गाडी पुरिएको छ । पहिरो पन्छाउन एक्साभेटर प्रयोग गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो ।

उक्त स्थानमा पुनः पहिरो झर्ने सम्भावना रहेकाले अहिले केही घरलाई खाली गराइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts