काठमाडौँ, ७ भदौ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दीलमान पाख्रिनले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।
सो अवसरमा उहाँले संविधान कार्यान्वयनको सन्दर्भमा विभिन्न कानून निर्माणमा मन्त्रालयको भूमिका प्राथमिकतामा रहने बताउनुभयो ।
राजनीतिक नेतृत्व र कर्मचारीबीच सहयोगात्मक र समन्वयात्मक रुपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै राज्यमन्त्री पाख्रिनले प्रभावकारी कार्यसम्पादन गर्न मन्त्रालयका सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।
सो अवसरमा मन्त्रालयका सचिव कमलशाली घिमिरेले मन्त्रालयले सम्पादन गर्ने कार्यका सम्बन्धमा सामान्य जानकारी गराउनुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment