Tuesday, August 1, 2017

ट्र्याक्टरबाट लडेर बालकको मृत्यु

राजविराज, १८ साउन । सप्तरीको विष्णुपुर गाउँपालिका–५ स्थित बोरियामा मंगलबार साँझ ट्र्याक्टरबाट लडेर एकजना बालकको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने रमेश रामका ६ वर्षीय छोरा प्रदीप रामको ट्र्याक्टरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

राजविराजबाट सखडातर्फ जाँदै गरेको स १ त ३४६७ नम्बरको ट्र्याक्टरमा चढेका बालक ट्र्याक्टरबाट लडेर तल खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगिएको छ भने चालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय राजविराजले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts