Thursday, August 17, 2017

बाढीपीडितको सहयोगार्थ रक्तदान

काठमाडौँ, १ भदौ । नेपाल विद्यार्थी संङ्घ केन्द्रीय समितिले बाढी पहिरो पीडितको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

केही दिनअघि परेको अविरल वर्षाका कारण बाढी पहिरोबाट घाइते भएकालाई रगतको समस्या नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको सङ्घले जनाएको छ ।

मुलुकको पूर्वी र तराई भागमा परेको अविरल वर्षाका कारण अधिकांश स्थानमा रगतको अभाव भएको खबर प्राप्त भएपछि संङ्घले रक्तदान अभियान चलाएको संङ्घका केन्द्रीय उपाध्यक्ष उर्मिला थपलियाले बताउनुभयो ।

नेविसंङ्घले अहिले तीजको कार्यक्रम समेत मनाउँदैन्, उपाध्यक्ष थपलियाले भन्नुभयो– ‘तीज मनाउने खर्चसमेत बाढीपीडितका निम्ति खर्च गर्न लागिएको हो ।’ कार्यक्रममा १५० भन्दा बढी व्यक्तिले रक्तदान गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts