Thursday, August 31, 2017

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन : प्रधानमन्त्री

भीमदत्तनगर, १६ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताउनुभएको छ ।

आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनबारे सबै राजनीतिक दलसित सल्लाह भइरहेको बताउनुभयो ।

“सबै पार्टीहरुसित सल्लाह भएको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रदेश नं २ मा पनि स्थानीय तहको निर्वाचन हुन गइरहेको छ ।” निर्वाचनहरु सम्पन्न भई मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेसँगै संघीय गणतन्त्र संस्थागत हुने उहाँको भनाइ थियो ।

आफ्नो भारत भ्रमण सफल रहेको बताउँदै उहाँले पञ्चेश्वर परियोजना अगाडि बढाउनाका साथै दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, प्रदेश नं ७ मा प्राविधिक शिक्षालय स्थापना र महाकाली नदीमा दार्चुलाको जोलजिवी र डडेल्धुराको परशुराममा पक्की पुल र तटबन्ध निर्माण हुने बताउनुभयो ।

“भारत भ्रमण सफल रह्यो”, देउवाले भन्नुभयो, “सुदूरपश्चिमको विकासका लागि पनि भारतीय पक्षसित सहमति भएका छन् ।”

बिहीबार महाकाली नदीको चार लेनको पक्की पुल शिलान्यास गर्न कञ्चनपुर आईपुग्नुभएका प्रधानमन्त्री देउवा आजै राजधानी फर्कने कार्यक्रम रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts