Monday, August 28, 2017

हुण्डी कारोवार गर्नेविरुद्ध मुद्दा

काठमाडौँ, १२ भदौ । काठमाडौँ जिल्ला अदालतमा हुण्डी कारोवार गर्ने सात जनाविरुद्ध रु चार अर्ब १४ करोडको बिगो दावीसहित आज मुद्दा दायर गरिएको छ ।

राजश्व अनुसन्धान विभागले आज सो राशिको बिगोसहित दलबहादुर पुन, लवकुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर गरेको विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

डेढ वर्षअघि काठमाडौँ प्रहरीले सुनधाराको जेबो ट्राभल्समा छापा मारी रु १२ लाख विदेश पठाउन लागिएको हुण्डी रकम जफत गरेको थियो । हुण्डीसहित कम्पनीबाट कामदार पुन र नेपाललाई पक्राउ गरिएको थियो ।

सो ट्राभल्सका मालिक मिलन र धरमले विदेशमा बसेर हुण्डी कारोवार गर्ने गरेका थिए । अहिले पनि उनीहरु फरार छन् । प्रहरीले छापा मार्दा ट्राभल्सबाट राजेन्द्र र विद्यादेवीका नाममा काटिएको रु ५० लाखको चेकसमेत जफत गरेको थियो ।

विभागले ट्राभल्सको तथ्यांक राख्ने कम्प्युटर जफत गरेर अध्ययन गर्दा साढे चार महिनाको तथ्यांकमा रु चार करोडको हुण्डी रकम देखिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts