Saturday, August 26, 2017

एक युवक मृत फेला

रामपुर (पाल्पा), १० भदौ । तानसेन नगरपालिका–८ मा एक व्यक्ति मृत फेला परेका छन् ।

तानसेन नगरपालिका–५ धरमपानी बस्ने ४२ वर्षीय नरसिंह विक आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो ।

तानसेनको बाँसटारीमा तामाको भाँडा उद्योग सञ्चालन गर्दै आएका विक शुक्रबार भालेवास जाने भन्दै घरबाट निस्केको आफन्तले बताएका छन् ।

घटनाबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक पण्डितले बताउनुभयो । शव परीक्षणपछि शव आफन्तलाई बुझाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts