Saturday, August 26, 2017

पत्रकार कोषलाई साहित्य चौतारीको सहयोग

काँकडभिट्टा (झापा), १० भदौ । साहित्य चौतारी बिर्तामोडले नेपाल पत्रकार महासंघ झापा शाखाको उपचार कोषलाई रु ५५ हजार ५५५ प्रदान गरेको छ ।

संस्थाको १८औँ वार्षिककोत्सवको अवसरमा आज बिर्तामोडमा संस्थाका अध्यक्ष टंक विकल्पले महासंघका उपाध्यक्ष एवं कोषका संयोजक एकराज गिरीलाई सो रकम प्रदान गर्नुभएको हो ।

पत्रकार महासंघले कोषको रकम रु एक करोड पु¥याई त्यसको ब्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने गरी कार्य अघि बढाएको छ । हालसम्म रु ३० लाख कोषमा जम्मा भइसकेको महासंघका उपाध्यक्ष एवम् कोषका संयोजक गिरीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts