Thursday, August 17, 2017

पोखरीमा डुबेर वृद्धको मृत्यु

चितवन, २ भदौ । जिल्लाको माडीमा गएराति पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

माडी नगरपालिका–३ निवासी ७५ वर्षीय सीताराम महतोकोे घरबाट केही पर सोहीे वडामा रहेको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रातिदेखि हराइरहेका महतोको शव आज बिहान पोखरीमा फेला परेको प्रहरीले जनाएको छ । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts