डडेल्धुरा, २० साउन । डडेल्धुरामा सामुदायिक विपद् पूर्वतयारीका लागि पर्शुराम नगरपालिकाको रंगुन नदीमा नमूना पूर्वअभ्यास गरिएको छ ।
विपद् आउनुपूर्व अपनाउनुपर्ने सतर्कता र आइसकेपछि उद्धार गर्नका लागि समुदायस्तरमा जनचेतना जगाउनका लागि डडेल्धुरामा सामुदायिक स्तरमा विपद् पूर्वतयारीका लागि उक्त नदीमा विहिबार विपद् पूर्वाभ्यास गरिएको हो ।
भित्री मधेश क्षेत्रको रंगुन नदी र जिल्ला सदरमुकाम बागबजारमा विभिन्न किसिमको सामुदायिक स्तरमा विपद् पूर्व तयारीका लागि पूर्वअभ्यास गरिएको छ । जिल्ला दैविप्रकोप उद्धार समिति, डडेल्धुराको अगुवाइमा सशस्त्र प्रहरी, डडेल्धुरास्थित गैरसरकारी संस्था ग्रामीण महिला विकास तथा एकता विकास केन्द्र ९रुडुक०को पहल कार्यक्रमले डडेल्धुरामा सामुदायिक स्तरमा विपद् पूर्व तयारीका लागि पूर्वअभ्यास गरेको प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताउनुभयो ।
जिल्लाको जोखिम रहेको क्षेत्र पहिचान गरेर सामुदायिक स्तरमा पूर्वतयारीका लागि भित्री मधेशको रंगुन नदी र जिल्ला सदरमुकामलगायत विभिन्न ठाउँमा पूर्वअभ्यास गरेको छ । पर्शुराम नगरपालिकाको रंगुन नदीमा बाढीमा बगेका मानिसको उद्धार गर्नेदेखि खोला तर्ने सम्बन्धमा पूर्वअभ्यास गरिएको थियो भने स्थानीय बासिन्दालाई जनचेतना जगाउनका लागि भन्दै जिल्ला सदरमुकाममा आगलागी हुँदा उद्धारका साथै जनधनको क्षतिलाई कम गर्ने बारेमा पनि पूर्वअभ्यास गरिएको छ ।
पूर्वअभ्यासबाट विपद् आउनुपूर्वको तयारी र आइसकेपछि अपनाउनुपर्ने कुराको जानकारी स्थानीय बासिन्दालाई दिइएको प्रजिअ एवम् जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष जनकराज भट्टले बताउनुभयो ।
वैद्यनाथ वाहिनी, अत्तरिया, कैलालीबाट खटिआएको तालिम प्राप्त सशस्त्र प्रहरीले पूर्वअभ्यास गर्दै विपद् आउनुभन्दा पूर्वतयारीका साथै विपद् आएमा उद्धार गर्ने बारेमा स्थानीय बासिन्दालाई सिकाएको थियो । रासस
––––––
No related posts.
No comments:
Post a Comment