Monday, August 28, 2017

बाढीले कृषिमा ७७ करोड र शिक्षामा २१ लाखको क्षति

नवलपरासी, १२ भदौ । नवलपरासीमा गत साउन महिनामा आएको बाढीले कृषिमा ठूलो क्षति पु¥याएको छ । बाढीले करिब रु ७७ करोड ३३ लाख १९ हजार बराबरको क्षति भएको बताइएको छ ।

अविरल वर्षापछि बाढीका कारण परासीको सीमावर्ती तथा दक्षिणी क्षेत्रमा ठूलो क्षति भएको हो । सबैभन्दा बढी खाद्यान्न बालीमा बाढीले असर पारेको छ ।

खाद्यान्न बालीमा रु ६७ करोड ८७ लाख, तरकारीमा चार करोड २६ लाख र माछामा पाँच करोड १८ लाख बराबरको क्षति भएको कृषि विकास कार्यालयका प्रमुख तेजनरायण गैरेले बताउनुभयो ।

बाढीले नवलपरासीको १५ वटा स्थानीय तहमध्ये विनयी त्रिवेणी, सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकामा क्षति भएको छ । यस्तै मध्यबिन्दु, बर्दघाट र रामग्राम नगरपालिकाको कृषि क्षेत्रमा क्षति पुगेको छ ।

सबैभन्दा बढी सरावल गाउँपालिकामा रु २३ करोड ७८ लाख ६२ हजार, प्रतापपुरमा रु चार करोड २१ लख ३३ हजार, पाल्हीनन्दनमा रु२५ करोड ९२ लाख ५४ हजार, विनयी त्रिवेणीमा रु ३४ लाख १० हजार, सुस्तामा रु २४ करोड एक लाख ७५ हजार बराबरको उपज क्षति भएको छ ।

यस्तै रामग्राम नगरपालिकामा रु ६६ लाख ४४ हजार, बर्दघाटमा ५८ लाख ४१ हजार र मध्यबिन्दुमा १७ करोड ९५ लाख २० हजार बराबरको कृषि उपज क्षति भएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts