Wednesday, August 2, 2017

दीर्घरोगीलाई आर्थिक सहयोग

कञ्चनपुर, १८ साउन । शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनले यहाँका दीर्घरोगीलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

आर्थिक अभावका कारण उपचारबाट वञ्चित दीर्घरोगीलाई सामुदायिक वनले रु १५ हजारदेखि रु २० हजारका दरले आर्थिक सहयोग गरेको हो । मुटु, क्यान्सर, मिर्गाैलासम्बन्धी रोगका बिरामीलाई रु तीन लाखभन्दा बढी आर्थिक सहयोग गरेको सो सामुदायिक वनका अध्यक्ष करनसिंह ऐरले बताउनुभयो ।

सामुदायिक वनले घाँस, दाउरा, काठ बिक्रीबापतको रकमबाट उपचार गराउनबाट वञ्चित विपन्नलाई सहयोग गर्दै आएको छ । सामुदायिक वन उपभोक्ता समूहको निर्णयअनुसार सहयोग उपलब्ध गराउँदै आएको ऐरले बताउनुभयो । गत वर्ष वनले सातजना दीर्घरोगीलाई आर्थिक सहयोग गरेको थियो । विसं २०५४ मा स्थापना भएको उक्त सामुदायिक वनमा ७०० भन्दा बढी उपभोक्ता आश्रित छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts