Friday, August 18, 2017

साहित्यकार र स्तम्भकार सम्मानित

बागलुङ, २ भदौ । बागलुङबाट प्रकाशित ‘ढोरपाटन’ दैनिक पत्रिकाले आफ्नो १४औँ वार्षिकोत्सवका अवसरमा साहित्यकार र स्तम्भकारलाई सम्मान गरेको छ ।

यहाँ बिहीबारआयोजित कार्यक्रममा पर्वतका साहित्यकार सरस्वती शर्मा ‘जिज्ञासु’ र स्तम्भकार कृष्णराज शर्मा सम्मानित हुनुभएको हो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले दुवैलाई सम्मानपत्र र दोसल्ला प्रदान गर्नुभएको थियो । भाषा र साहित्यको उत्थानमा पु¥याएको योगदानको कदर गर्दै शर्मा तथा ढोरपाटन दैनिकमा ‘तीते करेली’ शीर्षकको नियमित स्तम्भमा समाजका विविध विषयलाई उजागर गरेकामा सम्मान गरिएको पत्रिकाका सम्पादक हरिनारायण गौतमले बताउनुभयो ।

पत्रिकाले वार्षिकोत्सवकै अवसरमा उत्कृष्ट विज्ञापनदातातर्फ धवलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिलाई सम्मान गर्नाका साथै पत्रिकामा काम गर्ने उत्कृष्ट कर्मचारीका रुपमा बजार प्रतिनिधि मनिषा शर्मालाई रु सात हजार ५०० सहित पुरस्कृत गरिएको थियो ।

क्षेत्रीयस्तरमा ‘क’ वर्गको ढोरपाटन दैनिकले विसं २०६० भदौ १ गतेदेखि आफ्नो प्रकाशन आरम्भ गरेको थियो ।सोही अवसरमा ढोरपाटन दैनिकले वार्षिकोत्सव मनाउँदा हुने खर्चको केही प्रतिशत रकम कटाएर रु २१ हजार नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि महासंघका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरिएको छ । महासंघले निर्माणाधीन भवनलाई आर्थिक सहयोग जुटाउन अभियान थालेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts