Friday, August 11, 2017

यादव परिवारलाई रु दश लाख दिइने

सप्तरी, २७ साउन । जिल्ला दैवीप्रकोप उद्धार समितिको आज बसेको बेठकले खाँडो नदी नियन्त्रणका क्रममा नदीमा डुबेर मृत्यु भएका देउरीभरुवा गाउँका डोमी यादवको परिवारलाई रु १० लाख दिने निर्णय गरेको छ ।

उद्धार समितिका अध्यक्ष एवं प्रजिअ कृष्णबहादुर कटुवालको अध्यक्षतामा आज बसेको बैठकमा मृतक यादवका परिवारलाई काजक्रियाबापत रु २५ हजार दिने समेत निर्णय गरिएको बताइएको छ । राजविराज–१५, देउरीभरुवामा खाँडो नदीको कटान रोक्न सुरक्षा निकायलाई सहयोग पु¥याउने क्रममा माटाको ढिस्कामा पुरिएर ६० वर्षीय यादव बिहीबार बाढीले बगाएर बेपत्ता भएकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले हालसम्म खोज्दा फेला नपरेपछि बाढीमा डुबेर मृत्यु भएको ठहर उद्धार समितिले गरेको छ ।

प्रजिअ कटुवालले यादव परिवारलाई रु १० लाख दिने निर्णयबारे गृह मन्त्रालयलाई लेखी पठाइने जानकारी दिनुभयो । बैठकले हनुमानगर कंकालनी नगरपालिका, रम्पुरा मल्हनीया, डलुवा र तिलाठीका बाढीपीडित दुई दिनदेखि भोकभोकै रहेकाले तत्काल खाद्यान्न सामग्री पठाउन सरकारी तथा गैरसरकारी संस्थालाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यहाँका ५०० घरपरिवार बाढीबाट प्रभावित छन् । घरमा पानी पसेपछि अहिले उनीहरु सडकमा आई खुला आकाशमुनि बस्न बाध्य भएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts