Saturday, August 12, 2017

कोलकातामा नृत्यकार थापा सम्मानित

काठमाडौँ, २८ साउन । कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नृत्यका माध्यमबाट नेपाली कलाको प्रवद्र्धन र नेपाली समुदायलाई एकीकृत गर्न गरेको योगदानस्वरुप हावडा मैदानस्थित ‘दिलीप थापा डान्स स्कुल’का दिलीप थापालाई सम्मान गरेको छ ।
नेपाली मूलका थापाले समाजसेवाका साथै वर्षाैँदेखि भानुजयन्तीलगायत दशैँतिहार जस्ता पर्वमा नेपाली मूलका विद्यार्थीलाई नृत्य सिकाएर प्रदर्शन गरिरहनुभएको छ । कला र समाजसेवाका माध्यमबाट उहाँले दिएको योगदानका लागि उहाँलाई नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले कदरपत्र प्रदान गर्दै थापाले नेपाली कला र संस्कृतिको प्रवद्र्धन गरी नेपाल भारतलाई सम्बन्धलाई सुमधुर बनाउन योगदान गरेको बताउनुभयो ।
आजभन्दा करिब ५५ वर्षअघि नोकरीका सिलसिलामा नेपालको ललितपुर, कोपुन्डोलबाट त्यहाँ पुग्नुभएका पिता श्यामबहादुर थापा र लीलावतीका कोखबाट सन् १९७४ मे १०(विसं २०३१ वैशाख २७ गते) मा हाउडा मैदान, उल्टा डाँगामा दिलीपको जन्म भएको हो । उहाँ नेपाली लोकनृत्यका साथै पञ्जाबको भाँगडा, गुजरातको गर्वा डाँडिया, आसामको बिहु, मणिपुरको मणिपुरी, बङ्गालको बङ्गाली नृत्यका साथै पश्चिमी, साल्सा, डिस्को र ब्रेक डान्समा पनि पारङ्गत हुनुहुन्छ ।

उहाँले हालसम्म दशौँँ हजार नेपाली विद्यार्थी, गृहिणीलाई नृत्य सिकाइसक्नुभएको छ । नृत्य निर्देशकका हैसियतले उहाँले अल बङ्गाल ट्यालेन्ट सर्च कन्टेस्ट सम्मान, जेसिस डान्स कन्टेस्ट, श्यामल मित्र अवार्ड, मिथुन फ्रेन्डस् एसोसिएसन अवार्ड, मोडर्न फिल्म अकादमी सम्मान, छवि विश्वास स्मृति पुरस्कार, बङ्गला चलचित्र प्रचार सांसद, लियो क्लब अफ बेलुर मठ, बङ्गो सङ्गीत रत्न सम्मान पाइसक्नुभएको छ । नेपालको इनरुवामा विसं २०५९मा मिलन युथ ग्रुपद्वारा आयोजित इन्डो नेपाल कल्चरल प्रोग्राममा पनि उहाँ सहभागी हुनुभएको थियो । नेपालमै आई नृत्य सिकाउने संलग्न हुने पनि उहाँको योजना छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts