Wednesday, August 2, 2017

पाठ्यपुस्तक नपाएपछि विद्यालयमा तालाबन्दी

सल्यान, १८ साउन । यहाँको एक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।

दार्मा गाउँपालिका– ३ मा रहेको जनज्योति उच्च माध्यमिक विद्यालय फारुलाचौरका विद्यार्थीले शैक्षिकसत्र आधा बितिसक्दा पनि विद्यालयमा पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेका हुन् ।

विद्यालय प्रशासनसँग पटकपटक आफ्ना माग सुनुवाइ नभएकाले विद्यालयमा ताला लगाइएको विद्यार्थी दलबहादुर दाहालले जानकारी दिनुभयो । विद्यालयमा स्वच्छ खानेपानी तथा शौचालय निर्माण तथा खेल सामग्रीतर्फ पनि प्रशासनको ध्यान नगएको विद्यार्थीको गुनासो छ ।

आफूहरुको माग सुनुवाइ नभए ताला नखोलिने दाहालले जानकारी दिनुभयो । विद्यालय प्रशासनले विद्यार्थीका जायज माग पुरा गर्न तयार रहेको बताएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts